Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारतबाट फर्केका ३ जना नेपालीमा कोरोना पुष्टि

भारतबाट फर्केका ३ जना नेपालीमा कोरोना पुष्टि


  • 1.2K
    Shares

    • images
    भारतबाट फर्केका  ३ जना नेपालीमा कोरोना पुष्टि

    काठमाडौं । भारतबाट आएका  ३ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। भारतबाट गौरीफन्टा नाकामा भएर आएका २ पुरुष र १ महिला गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    भारतबाट आएका ३७ जना नेपालीमा एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए।

    उनका अनुसार कोराना संक्रमण पोजेटिभ हुनेमा कञ्चनपुरका १ जना, कैलालीका १ जना र अछामका १ जना छन्। उनीहरू भारतको दिल्ली, गुजरात र पञ्जाबबाट आएका थिए। ‘उनीहरूलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छौँ, जनप्रतिनिधिहरूलाई खबर गरेर निगरानी गर्न पनि भनेका छौँ,’ उनले भने, ‘पीसीआर परीक्षणका नमूना काठमाडौँ पठाएका छौँ।’

    कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटहरूको अभाव रहेको उनले बताए। ‘हामीसँग किटहरू थोरै छ, प्रदेश सरकार र केन्द्र सरकारसँग माग गरेका छौँ,’ उनले भने, ‘सबै सीमामा हेल्थ डेस्क र प्राविधिकहरू छन्, शंकास्पद देखिएकामा परीक्षण गर्न भनेका छौँ।’

    भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ।

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १९:२८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij