२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सर्वोच्च अदालतले पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच जनाको संवैधानिक इजलासले सो आदेश दिएको छ ।
संवैधानिक इजलासले काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको इजलासमा यो विवाद हेर्दाहेर्दैमा राखिएको थियो। पछिल्लोपल्ट यसको सुनुवाइ गत फागुन २८ गते भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij