Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कांग्रेस सभापति देउवाद्वारा श्रीराम श्रेष्ठको पुस्तक ‘खनियाबास विद्रोह’ सर्वजनिक

कांग्रेस सभापति देउवाद्वारा श्रीराम श्रेष्ठको पुस्तक ‘खनियाबास विद्रोह’ सर्वजनिक


  • 1.7K
    Shares

    कांग्रेस सभापति देउवाद्वारा श्रीराम श्रेष्ठको पुस्तक ‘खनियाबास विद्रोह’ सर्वजनिक

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण गरेका छन् । बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गरेका थिए । 

    नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित ‘खनियाबास विद्रोह’ तत्कालिन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा पर्ने खनियाबासमा घटेको सत्य घटनाको विषयवस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक हो । ‘खनियाबास विद्रोह’ श्रेष्ठको २८ औँ प्रकाशित कृति हो । 

    नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू प्रकाशित छन् । श्रेष्ठ नेपाली कांग्रेस नुवाकोट जिल्लाका सचिव समेत हुन् ।  

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १६:०९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij