Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्रक र इभी गाडी ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते

ट्रक र इभी गाडी ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते


  • 2.5K
    Shares

    • images
    ट्रक र इभी गाडी ठोक्किँदा २ जनाको मृत्यु,  २ घाइते

    काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित मंगलपुरमा ट्रक र विद्युतीय गाडी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    सर्लाहीको बरहथवाबाट चन्द्रपुरतर्फ गइरहेको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एक आपसमा ठोक्किँदा सर्लाही रामनगर गाउँपालिका–१ खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्।

    दुर्घटनामा सोही ठाउँकी १८ वर्षीया रानीकुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका-५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। 

    उनीहरूको चन्द्रपुर अस्पताल प्रा.लि.मा उपचार भइरहेको छ। अस्पतालका चिकित्सक डा.सुभाष चौधरीका अनुसार दुबै जनाको अवस्था खतरामुक्त रहेको बताएका छन्।

    घटनापछि ट्रक चालक ग्यालसेन थोकर र इभी गाडी चालकआकाश सिंहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजकुमार राईले जानकारी दिएका छन्।

     

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १५:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij