Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आन्दोलनको स्वरूप फेर्ने राजावादीको तयारी

आन्दोलनको स्वरूप फेर्ने राजावादीको तयारी


  • 1.8K
    Shares

    • images
    आन्दोलनको स्वरूप फेर्ने राजावादीको तयारी

    काठमाडौं । वर्तमान व्यवस्था विरोधी राजावादीहरूले राजसंस्था पुनर्स्थापनाका लागि गर्दै आएको आन्दोलनका स्वरूप फेर्ने तयारी गरेका छन् ।  

    राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको बुधबार बस्ने बैठकले आन्दोलनको स्वरूप परिवर्तनबारे निर्णय गर्ने समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिएका छन् । 

    राजावादीको आन्दोलनलाई मध्यनजर गरेर सरकारले काठमाडौँका कोटेश्वर, बल्खु र सिफलचौर बाहेक चक्रपथभित्रका अन्य स्थानमा निषेधाज्ञा जारी गरेको छ । 

    नेपालका जिल्ला जिल्लामा पनि सोही प्रकारका कार्यक्रम गर्ने र काठमाडौँमा पनि एक ठाउँमा मात्र केन्द्रित नभएर विभिन्न स्थानमा आन्दोलन गर्ने कार्यक्रमहरू तय हुनसक्ने बताएका छन् । 

    राजावादीहरूको पहिलो चरणको आन्दोलन मंगलबार सम्पन्न भएको थियो । राजावादीहरूको आन्दोलनमा ४४ वटा दल, समूह र अभियानका प्रतिनिधिहरू सहभागी भएको उनीहरूको दाबी रहेको छ ।

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - ११:४९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij