Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, नयाँ रणनीति बनाउन बैठक आह्वान

राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, नयाँ रणनीति बनाउन बैठक आह्वान


  • 1.8K
    Shares

    • images
    राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, नयाँ रणनीति बनाउन बैठक आह्वान

    काठमाडौं ।  राजसंस्था पुनर्स्थापनाका लागि राजावादीहरुको पहिलो चरणको  जनआन्दोलन सकिएको छ ।  संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सुरु एक हप्ते आन्दोलनको पहिलो चरण मङ्गलबार सम्पन्न भएको जानकारी गराइएको छ।  आन्दोलनको नयाँ खाका बनाउनको लागि आज बैठक बस्ने भएको छ।

    चैत १५ गतेबाट सुरुवात भएको  पहिलो चरणको आन्दोलन सकिएको होभएको हो । पहिलो साताको आन्दोलनमा व्यापक जनसहभागिता भएको निष्कर्ष समितिले निकालेको छ । 

    विज्ञप्तिअनुसार पहिलो चरणको आन्दोलनको समीक्षा गर्दै आगामी रणनीति तय गर्न समितिले जेठ २१ गते बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बैठक बोलाएको छ। दिउँसो २ बजेका लागि तय गरिएको सो बैठकमा समितिमा आबद्ध ४४ वटा राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । 

    दोस्रो चरणको आन्दोलन थप सङ्गठित र सशक्त बनाउने राजावादी समूहको दाबी छ। 

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - ०९:५०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij