२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । निर्वाचन आयोगले रमेश प्रसाद यादवलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झन्डा र लोगो अनधिकृत प्रयोग नगर्न सचेत गराएको छ ।
रमेशप्रसाद यादव, महासचिव, नेपाल समाजवादी पार्टी भनी हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झन्डा र लोगो अनधिकृत प्रयोग गरी जनसारमा भ्रम सिर्जना गरेको पाइएको भन्दै यस्तो कार्य नगर्न आयोगले सचेत गराएको छ ।
सो निवेदनको आधारमा आयोगले नेसपा महासचिव यादवलाई नै सम्बोधन गरेर पत्र पठाउँदै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ९ को विपरीतको काम नगर्न भनेको हो ।
बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नेसपाले पार्टी गतिविधि गरेको भन्दै महिन्द्र राय यादवसहितका नेताहरुलाई २०८१ असार २ गते निष्कासित गरेको थियो । त्यसपछि यादवले नेसपा नामबाट गतिविधि गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij