२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । देशको सबैभन्दा क्रियासिल र सर्वाधिक बजेट भएको राष्ट्रिय संघ अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन महिना देखि आफ्ना कर्मचारीलाई तलब नदिएको पाइएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा कार्यरत ७० भन्दा बढी कर्मचारीले तलब नपाएपछि अधिकांश मर्कामा परेका छन् । ‘तीन महिना देखि तलब पाएका छैनौं । कतिको आम्दानीको श्रोत भनेकै त्यहि तलब हो’, एक कर्मचारीले भने,‘ आफूले काम गरेको ठाँउबाट समयमा नआएपछि घर व्यवहार चलाउन पनि गाह्रो हुन्छ । हामी धेरै जसोलाई त्यहि समस्या परेको छ ।’
एन्फा महासचिव, कोषाध्यक्ष, आर्थिक, प्रशासन विभागलगायत विभिन्न शाखामा काम गर्ने ७० भन्दा बढी कर्मचारीले २०७७ सालको माघ, फागुन र चैतको तलब पाएका छैनन् । सबैको नयाँ सम्झौता गर्नुपर्ने भएकाले तलब पठाउन ढिला भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।
‘पुराना कर्मचारीको ४ वर्षे सम्झौता थियो । नयाँहरुको हकमा २ वर्षे सम्झौता थियो,’ उनले भने,‘ ती सबैको नयाँ सम्झौता बनाउनु पर्ने भएकाले तलब पठाउन नसकिएको हो ।’ प्रवक्ता राईका अनुसार अधिकांश प्रक्रिया पूरा भइसकेकोले केहि दिन भित्रमै तबल सम्बन्धित सबैको बैंक खातामा पठाइने तयारी भइरहेको पनि जानकारी दिए ।
एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडीलाई भने तीन महिनाको एक मुष्ट रुपमा तलब दिदै आएको छ । एन्फाले गत माघमा साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि झन्डै ८६ करोड रुपैयाँ बजेट अनुमोदन गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij