Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कतार जाने यात्रुहरुको साथमा ४८घण्टाको पीसीआर रिपोर्ट हुनुपर्ने

कतार जाने यात्रुहरुको साथमा ४८घण्टाको पीसीआर रिपोर्ट हुनुपर्ने


  • 8.0K
    Shares

    कतार जाने यात्रुहरुको साथमा ४८घण्टाको पीसीआर रिपोर्ट हुनुपर्ने

    अब कतार जान यात्रुहरुलाई कोरोना परीक्षण गरेको ४८ घण्टाको पीसीआर रिपोर्टमा मात्रै मान्य हुनेछ । कतारको दोहामा रहेको नेपाली दूतावासका अनुसार कतार जाने नेपाली कामदारको हकमा पनि यस्तो व्यवस्था लागु गरिएको छ । 

    कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट आउने यात्रुका लागि कडा नियम बनाइएको छ ।

    यी सबै देशबाट आउने यात्रु अनिवार्य १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेकाइनिस क्वारेन्टिनमा बस्नुपर्नेछ । कतारलाई ट्रान्जिट बनाएर अन्य मुलुकमा यात्रा गर्ने यात्रुको साथमा समेत कोभिड नेगेटिभ आएको रिपोर्ट हुनुपर्छ ।

    आफ्नो गन्तव्य मुलुकका लागि अर्को पीसीआर रिपोर्ट चाहिएमा कतारी रियल ३०० तिरेर हमाद अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर परीक्षण गर्न सकिने भएको छ । यो नियम बिहीबारबाट कार्यान्वयनमा आउने भएको छ ।

     

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १६:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij