Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकहरूको हेरफेर, रावललाई सुपरिवेक्षणको जिम्मा

नेपाल राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकहरूको हेरफेर, रावललाई सुपरिवेक्षणको जिम्मा


  • 1.7K
    Shares

    • images
    नेपाल राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकहरूको हेरफेर,  रावललाई सुपरिवेक्षणको जिम्मा

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर भएको छ । गभर्नर विश्व पौडेलले दुई कार्यकारी निर्देशकको सरुवा र एक जनाको पदस्थापन गरेको राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले बताएका छन्

    केही दिनअघि मात्रै निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख बनाइएको छ । मद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । 

    यसअघि, आर्थिक अनुसन्धान विभाग, मानव संसाधन व्यवस्थापन विभाग, बैङ्किङ विभाग र गभर्नर कार्यालयमा कार्यकारी निर्देशक परिवर्तन गरिएको थियो । 

    त्यसैगरी बैङ्किङ विभागको कार्यकारी निर्देशक रहेका विश्रुत थापालाई मानव संसाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको थियो । बैङ्किङ विभागमा डा. डिल्लीराम पोखरेललाई पदस्थापन गरिएको छ । 

     

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १४:१७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij