Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रमुख चार दलसंँग संयुक्त छलफलमा सभामुख

प्रमुख चार दलसंँग संयुक्त छलफलमा सभामुख


  • 2.2K
    Shares

    • images
    प्रमुख चार दलसंँग संयुक्त छलफलमा सभामुख

    काठमाडौं ।  सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । 

    संसद् भवन नयाँ वानेश्वरमा भइरहेको छलफलमा विपक्षीहरूको माग सम्बोधन र सदन सञ्चालनबारे छलफल भइरहेको छ ।

    विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् । 

    यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

    बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन आयोग बनाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

     

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १२:०१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij