२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयअवधि भर आईपीओमा आवेदन दिन सक्ने छन् ।
सोमबार साँझ ५ः०६ बजेसम्ममा १९ लाख ६१ हजार ३९१ जनाले २ करोड ३३ लाख ६० हजार ७० कित्ताको लागि आवेदन दिएका छन् भने सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन माग भन्दा ७।०९ गुणा बढी हो ।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासनमा ल्याएको छ । जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८।६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको छ ।
त्यसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरिसकेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो । ट्रेड टावरको आईपीओमा सर्वसाधारणले जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij