Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

२ विदेशीसहित ३ निर्माण कम्पनी कालोसूचीमा

२ विदेशीसहित ३ निर्माण कम्पनी कालोसूचीमा


  • 1.3K
    Shares

    • images
    २ विदेशीसहित ३ निर्माण कम्पनी कालोसूचीमा

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई विदेशी कम्पनी र एक नेपाली निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको छ ।

    कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच(एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्मान सेवा रहेका छन् भने मरुशिन र पीएच(एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ । 

    कम्पनीले तोकिएको  समय अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    black-list.jpeg

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १०:४६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij