२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सर्लाही बरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोल तर्फ जाँदै गरेको मोटरसाइकल आज बिहान पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साईडबाट ३ मिटर तल खस्न जाँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मलंगवा नगरपालिका ४ बस्ने वर्ष ३५ का घनश्याम राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले जानकारी दिएको छन्।
दुर्घटनामा परी चालक रायको टाउको,निधार र दुबै आँखामाथि गहिरो चोट लागि बरहथवा स्थित एक निजी अस्पतालमा उपचार भइरहेको थियो भने उपचारको क्रममा बिहान ६ बजे चालक रायलाई मृत घोषणा गरिएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij