Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा देखियो कोरोना

कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा देखियो कोरोना


  • 4.9K
    Shares

    कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा देखियो कोरोना

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो । उनले थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा कडाई गरिएको बताए ।

    ‘प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार विगतमा कार्यालयमा हुने भीड नियन्त्रण गरेका छौं,’ उनले भने, ‘विगतमा एउटै कामका लागि ४/५ जना आउने गरेका थिए । अहिले एक जनालाई मात्रै प्रवेश गर्न दिएका छौं ।’

    हिरासतमा रहेका अन्य थुनुवाहरको पनि पीसीआर परिक्षणको तयारी भइरहेको चौधरीले बताए । साथै थुनुवाहरुको सम्पर्कमा आएका प्रहरीहरुको पनि कोरोना परिक्षण गरिने उनले बताए ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १६:०३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij