Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सरकार र यातायात व्यवसायीबिच वार्ता

यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन


  • 2.2K
    Shares

    • images
    यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

    काठमाडौं ।  सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ । 

    आज सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेको हो ।

    कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट कार्यदलमा रहेका छन् ।

    आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरसहित ८ जना कार्यदलमा रहेका छन् भने गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहेका छन् । 

    बैठकले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको सन्दर्भमा बन्द लगायतका कार्यक्रम फिर्ता लिन आन्दोलनरत यातायात व्यवसायीसित अनुरोध समेत गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।

    छलफलमा बोल्दै गृहमन्त्री रमेश लेखकले व्यवसायीका विषयमा सरकार गम्भीर रहेको बताउँदै उक्त विषय संवाद र वार्ताका माध्यमबाट हल गर्न सकिने बताएका छन् । 

    कार्यदलका सदस्य सचिव रवीन्द्र आचार्यले कार्यदलले छलफल सुरु गरिसकेको जानकारी दिएका छन् भने मन्त्रालयमा कार्यदल गठनपछि आजैदेखि वार्ता र संवाद सुरु भइसकेको छ।

     

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १६:१५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij