Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भिजिट भिसा प्रकरण: अख्तियारको कारबाहीपछि पछिल्लो १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो

भिजिट भिसा प्रकरण: अख्तियारको कारबाहीपछि पछिल्लो १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो


  • 2.0K
    Shares

    • images
    भिजिट भिसा प्रकरण: अख्तियारको कारबाहीपछि पछिल्लो १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो १० दिनमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काएको छ । 

    सबैभन्दा धेरै यूएई जान खोज्नेहरूलाई फर्काइएको कार्यालयले जानकारी दिएको छ । 
    गृह मन्त्रालयका सहसचिव एवम् तीर्थ भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले ७ जेठमा नियन्त्रणमा लिएर केरकार थालेपछि अध्यागमन कार्यालयले कडाइ गरिएको छ ।

    ८ जेठदेखि १८ जेठको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृत एवम् सूचना अधिकारी अञ्जन न्यौपानेले जानकारी दिएका छन् ।

    न्यौपानेका अनुसार सबैभन्दा धेरै यूएई जान खोज्ने ४३७ जनालाई फर्काइएको छ भने क्रमशः धेरै संख्या ओमान र कतार जान खोज्नेहरुको छ 

     

     

     

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १४:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij