Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : सुर्यबहादुर थापा

नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : सुर्यबहादुर थापा


  • 2.5K
    Shares

    • images
    नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं :  सुर्यबहादुर थापा

    काठमाडौं । सोमबार अर्थ समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सुर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन् ।

    थापाले राष्ट्र एकीकरण गर्नेको तस्वीर नोटमा हुनुपर्ने धारणा राखेका छन् । आफू राजावादी नभएको प्रष्टीकरण दिँदै थापाले भने, ‘म गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

    थापाले नेपाली नोटमा शान्तिका दूत गौतम बुद्धको फोटो समेत राख्नु पर्ने बताएका छन् भने बैठकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसमेत सहभागी रहेका छन् ।

     

     

     

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १३:५१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij