२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सार्वजनिक यातायातबन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीको माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरूबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको छ ।
गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरूबीचको छलफलपछि समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने सहमति जुटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन् ।
व्यवसायी पक्षबाट चार र सरकार पक्षबाट सात जना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली गठन भएको बताएका छन् ।
आज दिनभरमा बसेर एउटा निचोड निकाल्ने र यातायात व्यवसायीहरूले पनि आन्दोलन फिर्ता लिने वातावरण बनाउन अनुरोध गर्ने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij