२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्व टोलीलाई चीन सरकारले उच्च स्तरको सम्मान दिएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भण्डारीले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने काम गरेको बताएका छन् । दुई देश बीचमा आपसी सम्बन्धलाई बलियो बनाउने, र नेपालका प्रमुख दलबीचमा जुन सहकार्य भएको छ । त्यसले राजनीतिक स्थायित्व दिन्छ, र त्यो राजनीतिक स्थायित्व प्रति खुसी व्यक्त गर्नुभयो’, उनले भने ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोलीले १० दिने चीन भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र छलफलका क्रममा चीनले वर्तमान गठबन्धन र सरकारप्रति चीनले खुसी व्यक्त गरेको भण्डारीसँगै चीन भ्रमणबाट फर्केका उद्योग मन्त्री दामोदर भण्डारीले बताएका हुन् । मन्त्री भण्डारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख दलबिचमा भएको सहकार्यप्रति चीनले खुसी व्यक्त गरेको बताएका छन् ।
उनले पूर्वराष्ट्रपति भण्डारीलाई छिमेकी मुलुक चीनले उच्चस्तरको सम्मान व्यक्त गरेको पनि जनाए । चीनमा भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ जियान्चाओलगायतसँग भेटवार्ता गरेकी थिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij