२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । रूसको ब्रायन्स्क ओब्लास्टमा भएको पुल विस्फोटमा तीन सय ८८ जना सवार यात्रुवाहक रेल पटरीबाट खस्दा सात जनाको मृत्यु भएको ब्रायन्स्कका गभर्नर अलेक्ज्याण्डर बोगोमाजले बताए छन् ।
आइतबार समाचार च्यानल रोसिया २४ मा बोल्दै बोगोमाजले पुल रेल गुडिरहेको बेला विस्फोट भएको जानकारी दिएका छन् ।
मस्को रेल्वेले रिपोर्ट गरेको छ कि क्लिमोभबाट मस्को जाँदै गरेको यात्रुवाहक रेल नम्बर ८६ को लोकोमोटिभ र धेरै डिब्बाहरू सडक पुलको स्प्यान भत्किँदा भ्यागोनिच्स्की जिल्लामा पटरीबाट खसेका थिए भने रूसी अनुसन्धान समितिले पुल भत्किनुलाई आतङ्कवादी आक्रमणको रूपमा वर्गीकृत गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij