Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्रेड टावरको आईपीओमा आवेदन दिने म्याद थपियो

ट्रेड टावरको आईपीओमा आवेदन दिने म्याद थपियो


  • 2.8K
    Shares

    • images
    ट्रेड टावरको आईपीओमा आवेदन दिने म्याद थपियो

    काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरेको छ ।  

    आईपीओमा आवेदन दिने समय भोलि जेठ २० गतेसम्मका लागि थप गरीएको हो । जेठ १८ गते नेपाल सरकारले भोटो जात्राको लागि उपत्यकामा बिदा दिएसँगै आईपीओमा आवेदन दिने समय एक दिन थप गरेको जानकारी दिएको छ । 

    आइतबार बिहान सम्म १६ लाख ७ हजार ९३५ जनाले १ करोड ९२ लाख ७४ हजार १९० कित्ताको लागि आवेदन दिएका छन् भने यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन ५.८४ गुणा बढी हो । 

    ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासनमा ल्याएको छ । जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको छ । 

    त्यसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरिसकेको छ ।

     वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो । ट्रेड टावरको आईपीओमा सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - ०९:४९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij