Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना त्रासकै कारण सोमबार मात्रै ५० हजारले छाडे उपत्यका

कोरोना त्रासकै कारण सोमबार मात्रै ५० हजारले छाडे उपत्यका


  • 5.8K
    Shares

    कोरोना त्रासकै कारण सोमबार मात्रै ५० हजारले छाडे उपत्यका

    काठमाडौं । बढदो क्रममा रहेको कोरोना संक्रमणका कारण १६ बैशाखबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएपछि काठमाडौं छाडेर गाउँ फर्कनेको भीड सुरु भएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार निषेधाज्ञा घोषणा भएको दिन सोमबार मात्रै ५० हजार व्यक्तिले काठमाडौं छाडेका छन् ।

    महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण अधिकारीले हिजो (सोमबार) मात्रै ५० हजार व्यक्तिले काठमाडौं छाडेको जानकारी दिएका हुन् । आज यो संख्या बढ्नसक्ने उनले बताए ।

    काठमाडौंका नयाँ बसपार्क, पुरानो बसपार्कसहित काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी, कोटेश्वर, जडीबुटी, वालाजु लगायतका क्षेत्रमा यात्रुहरुको भीड बढेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घर फर्कन चाहनेहरुका लागि समय उपलब्ध गराउँदै १६ बैशाखबाट निषेधाज्ञा लगाइने निणर्य भएको सोमबार बताएका थिए । प्रशासनको निषेधाज्ञाको निणर्यको आदेशसँगै घर फर्कने यात्रुहरुको मुख्य नाका तथा बसपार्कहरुमा भीड बढेको हो ।

    सोमबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १६ बैशाखदेखि २२ बैशाखसम्म एक साता काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निणर्य गरेको थियो । सो समयमा सार्वजनिक तथा नीजी सवारी साधन बन्द हुने आदेशमा उल्लेख छ ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १४:४७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij