Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता जारी

सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता जारी


  • 2.6K
    Shares

    सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता जारी

    काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । 

    गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो । 

    सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा यातायात व्यवसायीहरुले आज एक दिन देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन् । गाडी नचल्दा यात्रीहरु मर्कामा परेका छन् ।

    व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै सोमबारबाट यातायात नचलाउने घोषणा गरेका छन् । 

    सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणाले जनजीवन प्रभावित बनेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार सूचना जारी गर्दै सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने घोषणा गरेको थियो ।

    images
    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - ०९:१३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij