२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राप्रपा सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह आफैँ पक्राउ परेका हुन् ।
गेटबाट भित्र पस्ने क्रममा नै पक्राउ गरिएको बुझिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले प्रहरीमाथि दुर्व्यवहार गरेकाले नियन्त्रणमा लिएको बताए ।
बोहराले भने, ‘गेटमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गर्नुभयो । हामीले त्यसपछि नियन्त्रणमा लिएका हौं ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij