२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । बारामा ८ वर्षीया बालिकाको सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ।
बाराको प्रसौनी गाउँपालिकाकी ८ वर्षीया बालिकामाथि जेठ १३ गते राति १० बजेतिर सामूहिक बलात्कार भएको भए पनि घटना अहिले मात्रै प्रकाशमा आएको हो। उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।
स्वास्थ्य परीक्षणबाट पीडित भनिएकी बालिकामाथि सामूहिक बलात्कार भएको पुष्टि भएको उनले बताए। घटनाको अनुसन्धानका क्रममा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र उनीहरू विरुद्ध बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिई अनुसन्धान जारी रहेको उनले बताए।
प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएकाहरू नाबालिग रहेकाले उनीहरूको पहिचान खुलाउन नमिल्ने प्रहरी नायब उपरीक्षक पण्डितले बताए। घटनामा संलग्न रहेको आरोपमा पीडित बालिकाकै नातामा काका पर्ने एक व्यक्ति पनि प्रहरीको हिरासतमा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij