Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ, काठमाडौं उपत्यका बन्द हुन्छ

राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ, काठमाडौं उपत्यका बन्द हुन्छ


  • 2.0K
    Shares

    • images
    राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ,  काठमाडौं उपत्यका बन्द हुन्छ

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त  गर्न माग गरेका छन् । अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने उनले चेतावनी दिए ।

    आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ ।

    त्यसपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’

    उनले थपे, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’ कमल थापालाई फिर्ता गर्न माग गर्दै लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’

    उनले आफूहरुको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिए ।

    राप्रपा, राप्रपा नेपालसहितका राजावादी दलहरुले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै यही जेठ १५ गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यो आन्दोलनलाई निर्णायक बनाउने बताएका छन् ।

    आज उनीहरुले नक्शाल र बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो ।

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १४:३४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij