Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यातायात व्यवसायीको एक घण्टे धर्ना: माग पूरा नभए देशव्यापी आन्दोलन आव्हान गर्ने

यातायात व्यवसायीको एक घण्टे धर्ना: माग पूरा नभए देशव्यापी आन्दोलन आव्हान गर्ने


  • 1.7K
    Shares

    • images
    यातायात व्यवसायीको एक घण्टे धर्ना:  माग पूरा नभए देशव्यापी आन्दोलन आव्हान गर्ने

    -हिरालाल श्रेष्ठ

    काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघहरूमा आवद्ध मजदुर संघरसंगठनहरूको केन्द्रीय संघर्ष समितिले आज बिहान ११:३० बजे देखि १२:३० बजेसम्म चक्रपथ लगायत उपत्यकाको प्रमुख रुटहरूमा एकघण्टा यातायात सेवा अवरुद्ध पारे।

    सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझीने गरी सातै प्रदेश सरकारहरुले निजी सवारी साधन ९रातो प्लेट० लाई भाडाको सवारी (कालो प्लेट) सरह सञ्चालन गर्न पाउने गरी ऐन ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले सोहि प्रावधान राखेर मिति २०८२/२/१ गते राजपत्रमा प्रकाशित गरि निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको सवारी (कालो प्लेट) सरह सञ्चालन गर्न लागेकोले साङ्केतिक रुपमा उक्त धर्ना कार्यक्रम गरेको सम्बद्ध यातायात मजदूर प्रतिनिधिले बताए।

    धर्ना कार्यक्रमबाट ठूला सार्वजनिक यातायातमा सवार यात्रुहरूले मध्यान्हको चर्को घाममा पैदल यात्रा गर्नु परेको थियो भने धेरै जसो यात्रुहरू बसभित्र नै एक घण्टा बसेर पर्खनु परेको थियो। धर्ना अवधिभर नीजि सवारी साधनहरू,भाडाका ट्याक्सीहरू, मोटरसईकल, होटल तथा संस्थानका गाडीहरू भने सञ्चालनमा थिए।

    यसको साथमा सार्वजानिक यातायात क्षेत्र बचाउनका लागि भन्दै थप ६ वटा मागहरू सहित संघर्ष समितले आन्दोलन कार्यक्रमहरू घोषणा गरेको छ । २०८२ ज्येष्ठ १८ गते कालो झण्डा सहित सवारी साधनहरुको ६ वटै प्रदेशमा विरोध ऱ्याली गर्ने र २०८२ ज्येष्ठ १८ गते सम्म सरकारले मागहरु सम्बोधन नगरेमा २०८२ ज्येष्ठ १९ गतदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्‌ना सवारी साधनहरू घर ग्यारेजमा थन्क्याइ आन्दोलनको लागि आव्हान गर्ने जनाएको छ।

    Strike_Demands.jpg

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १३:४२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij