Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारतमा तीव्र गतिमा कोरोना फैलिँदै, २ दिनमा २१ जनाको मृत्यु, ३ हजारभन्दा बढी संक्रमित

भारतमा तीव्र गतिमा कोरोना फैलिँदै, २ दिनमा २१ जनाको मृत्यु, ३ हजारभन्दा बढी संक्रमित


  • 2.4K
    Shares

    • images
    भारतमा तीव्र गतिमा कोरोना फैलिँदै,  २ दिनमा २१ जनाको मृत्यु,  ३ हजारभन्दा बढी संक्रमित

    काठमाडौं । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। 

    भारतीय सञ्चारमाध्यमको अनुसार पछिल्ला २ दिनमा कोरोना संक्रमणबाट२१ जनाको मृत्यु भएको छ। पछिल्लोपटक शनिबार बेंगलुरुमा र दिल्लीमा २ पुरुषको  मृत्यु भएको छ भने हाल भारतमा संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ।

    सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना संक्रमित छन् र  महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोना संक्रमित बिरामी रहेका छन् भने पछिल्लो केही घण्टा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

    भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ। तीमध्ये २१ जनाको मृत्यु पछिल्ला २ दिनमा भएको छ। 

    सरकारले सूचना जारी गरी भीडभाड भएका ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन मानिसहरूलाई आग्रह गरेको छ। ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गर्न भनिएको छ।

    छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ। 

     

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १३:१९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij