Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

माओवादी केन्द्रको ‘जनतासँग माओवादी-मध्य पहाडी लोकमार्ग’ दोस्रो चरणको अभियान हाललाई स्थगित

माओवादी केन्द्रको ‘जनतासँग माओवादी-मध्य पहाडी लोकमार्ग’ दोस्रो चरणको अभियान हाललाई स्थगित


  • 1.8K
    Shares

    • images
    माओवादी केन्द्रको ‘जनतासँग माओवादी-मध्य पहाडी लोकमार्ग’ दोस्रो चरणको अभियान हाललाई स्थगित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही जेठ २१ गतेदेखि सुरु गर्ने भनिएको ‘जनतासँग माओवादी –-मध्य पहाडी लोकमार्ग’ दोस्रो चरणको अभियान हाललाई स्थगित गरिएको जानकारी दिएको छ।

    पार्टीको केन्द्रीय कार्यालयबाट प्राप्त जानकारीअनुसार मनसुनी वर्षाको सुरुवात, संघीय संसदमा देखिएको राजनीतिक विवाद र यातायात व्यवसायीहरूको सम्भावित हड्तालजस्ता कारणले गर्दा अभियान स्थगित गर्ने निर्णय गरिएको छ।

    माओवादी केन्द्रले जनसरोकारका विषयमा संवाद र प्रत्यक्ष जनसम्पर्क बढाउन मध्य पहाडी लोकमार्ग क्षेत्रमा अभियान सञ्चालन गर्दै आएको थियो। पहिलो चरणको अभियान विभिन्न जिल्लाहरूमा सञ्चालन गरिएको थियो भने दोस्रो चरणले थप जनजागरण र संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने योजना बनाइएको थियो।

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १०:४५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij