२०८२ फाल्गुण ३० गते शनिवार
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना संक्रमण बढिरहेको भन्दै बुधबारदेखि पार्टी प्यालेस संचालन गर्न रोक लगाएको छ ।
यसअघि होटल तथा पार्टी प्यालेसहरूमा विवाह, ब्रतबन्ध जस्ता कार्यक्रम गर्न २५ जनाभन्दा बढी नहुने गरी संचालन गर्न अनुमति दिए पनि बुधबारदेखि सबै पार्टी प्यालेस बन्द गरिने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
कोभिड–१९ को संक्रमण दिनानुदिन बढिरहेकोले मापदण्डविपरीत पार्टी प्यालेस सञ्चालन भएको तथा भीडभाड भएकोले जिल्लामा सबै पार्टी प्यालेस बुधबारदेखि अर्को सूचना नभएसम्मको लागि संचालनमा रोक लगाएको सूचना प्रशासनले मंगलबार जारी गरेको छ ।
बुधबारबाट पार्टी प्यालेस सञ्चालन गरिए सम्बन्धित पार्टी प्यालेस वा होटल नै जिम्मेवार हुने र कसुरको आधारमा संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार कारबाही गर्ने प्रशासनले भनेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij