Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अवरुद्ध कोसी राजमार्ग १२ घण्टापछि एकतर्फी खुल्यो

अवरुद्ध कोसी राजमार्ग १२ घण्टापछि एकतर्फी खुल्यो


  • 1.8K
    Shares

    अवरुद्ध कोसी राजमार्ग १२ घण्टापछि एकतर्फी खुल्यो

     काठमाडौं । कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी रुपमा यातायात खुलेको छ ।

     लेउती खोलामा शनिबार बिहान आएको बाढीले कोशी लोकमार्गको धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा करिब सय मिटर सडक बगाएको थियो । बाढीले बगाएकै क्षेत्रमा मर्मत गरी एकतर्फी यातायात सञ्चालन भएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठका अनुसार दिनभर सडक मर्मत गरी साझ बाट एकतर्फी रुपमा आवागमन खुला गरिएको छ।

    लेउतीले कटान गरेको क्षेत्रको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले लेउतीले कटान गरेको क्षेत्रको अनुगमन गरेका छन् ।

     

     

     

    images
    प्रकाशित मिति :जेठ १७ २०८२ शनिवार - १८:५१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij