२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी नदीमा फसेको छ ।
मेलम्ची खोलाको रातो पुलमा आज शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवार गाडी फसेको छ ।
उक्त गाडी केहीबेर खोलामा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गाडीको उद्धार भइसकेको छ भने प्रहरीले बताए अनुसार, कार्यक्रमको लागि जाने क्रममा मन्त्री अधिकारीको गाडी खोलामा फसेको हो । गाडी केहीवेर खोलामा अड्किएको भए पनि प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij