२०८२ फाल्गुण ३० गते शनिवार
स्कटल्यान्डको युनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरुले मानिसबाट दुई बिरालोमा कोरोना सरेको तथ्य पत्ता लगाएका छन् ।
बेलायतमा गरिएको अनुसन्धानमा बिरालोमा मान्छेबाट कोरोना सरेको देखिएको हो । कोरोना संक्रमित दुई बिरालो बिरामी देखिएको थियो र तिनीहरुमा स्वासप्रस्वासको समस्या देखिएको बताइएको छ ।
भेटेरिनेरी रेकर्डमा प्रकाशित अनुसन्धानअनुसार बिरालोका मालिकबाट कोरोना सरेको थियो । सो अनुसन्धानअनुसार हालसम्म बेलायतमा बिरालो, कुकुर तथा अन्य घरपालुवा जनवारबाट मान्छेमा कोरोना फैलिएको तथ्य भेटिएको छैन ।
यद्यपी यस्ता जनावरले मानिसमा कोरोना सार्न भूमिका खेल्नसक्ने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij