२०८२ भाद्र ४ गते बुधवार
कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय भइसकेको छ भने देशका बाँकी ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।
आज दिउँसो: कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
आज राति: कोसी प्रदेश र मधेस प्रदेशको केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
मनसुनका कारण कोसी प्रदेशका एक-दुई स्थानमा गएराति पनि भारी वर्षा भइसकेको मौसम महाशाखाले जनाएको छ। मनसुन प्रवेश गरेपछि कोसी प्रदेशमा भारीदेखि अति भारीसम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
कोसी प्रदेशमा बिहीबार रातिदेखि मनसुनी वायु वहन थालेको हो। त्यसयता त्यहाँ वर्षा हुने क्रम ह्वात्तै बढेको छ। यसै क्रममा पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारीसम्म वर्षा भएको मौसम महाशाखाले जनाएको छ।
अहिले शनिबार बिहान कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ।
महाशाखाले आज बिहान ६:३५ बजे चेतावनी जारी गर्दै भनेको छ, ‘पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानहरूमा धेरै भारीदेखि अति भारी वर्षा भएको छ। पानी पार्ने प्रणाली उत्तरतिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’
यसैबीच बाढी पूर्वानुमान महाशाखाले पनि आज (शनिबार) बिहान ६ बजे छुट्टै सूचना जारी गरी भनेको छ, ‘हाल इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका धेरै स्थानमा भारी वर्षा भएको छ र थप वर्षा हुने सम्भावना छ। मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तहआसपास बाढी आउन सक्छ, दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij