२०८२ चैत्र २ गते सोमवार
गोरखा । गण्डकी प्रदेशले राइड सेयरिङ नियमावली लागु गरेको विरोधमा आन्दोलमा उत्रिएका यातायात व्यवसायीले गोरखामा यात्रुबहाक बस तोडफोड गरेका छन् ।
शुक्रबार दिउँसो करिब तीन बजे बाह्रकिलो चोकमा बा५ख ५३९९ नम्बरको बस उनीहरूले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अगाडिको सिसामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
काठमाडौंबाट यात्रु लिएर गोरखा आउने क्रममा उक्त बसमाथि तोडफोड भएको हो । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटको गाडीलाई पनि यात्रु ओसारपसार गर्न दिने निर्णय गरेको भन्दै यातायात व्यवसायीले आज गण्डकी प्रदेशभरि सार्वजनिक यातायात बन्दको आह्वान गरेको छ ।
सार्वजनिक यातायात बचाऊ संघर्ष समिति नै बनाएर उनीहरू आन्दोलनमा उत्रिएका छन् ।
तोडफोड गर्नेको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij