Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पाँच लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

पाँच लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ


  • 1.4K
    Shares

    • images
    पाँच लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

    काठमाडौं । बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । 

    नेपाल-भारत सीमा क्षेत्र रुपैडिहा हुँदै नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई जाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका-१६ स्थित जयसपुरबाट पक्राउ गरिएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले भारतको उत्तर प्रदेश राज्यका लखनऊ निवासी ४० वर्षीय नीरज चौरसिया र दाडको पुरन्धाराकी २६ वर्षीया साइना नेपालीलाई आज राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको बताए । 

    पक्राउ परेकाहरूबाट भारतीय रुपैयाँ ५०० का ६०० थान र २०० का  एक हजार थान गरी कुल पाँच लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।  

    साथै युपी ३२ एलबी ६३८९ नं को सुजुकी गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो ।

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १६:०१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij