२०८२ फाल्गुण ३० गते शनिवार
बाजुरा । बाजुरामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज (मंगलबार) एन्टिजेन विधिबाट जाँच गर्दा पाँचजनामा कोरोना देखिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले जानकारी दिए ।
अस्पतालमा आएका बिरामीमध्ये नौजनाको परीक्षण गर्दा पाँचजनाको रिर्पोट पोजिटिभ आएको डाक्टर जोशीले बताए ।
पाँचजना पोजिटिभमध्ये २ जना महिला र ३ जना पुरुष हुन् । जसमा तीनजना जिल्ला अस्पताल बाजुराका कर्मचारी र दुईजना स्थानीय रहेको डाक्टर जोशीले बताए ।
पोजिटिभ देखिएकाको अवस्था सामान्य रहेकाले अस्पतालका कर्मचारीलाई अस्पतालको क्वाटरमै बसेका छन् भने अन्य होम आइसोलेसनमा बसेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij