Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादीहरु भोलि नारायणहिटी अगाडि नै प्रदर्शन गर्ने तयारीमा

राजावादीहरु भोलि नारायणहिटी अगाडि नै प्रदर्शन गर्ने तयारीमा


  • 2.4K
    Shares

    • images
    राजावादीहरु भोलि नारायणहिटी अगाडि नै प्रदर्शन गर्ने तयारीमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत राजावादीले हिजोबाट संयुक्त जनआन्दोलन’ सुरु गरेका छन् । 

    सरकारमाथि दबाब बढाउँदै राजावादीहरुले भोलि नारायणहिटी दरबारकै अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् ।  

    हिजो बिहिबार पहिलो दिनको आन्दोलन रत्नपार्क केन्द्रित भएको थियो भने आज दोस्रो दिन आज माइतीघरमा सरेको छ र भोलि भने नारायणहिटी दरबारको नाकैमा प्रदर्शन गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । 

    नारायणहिटी भित्रै पस्ने योजना त छैन सरकारले शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरिरह्यो भने चाहिँ हामीले पनि कठोर निर्णय लिनुपर्ने बताएका छन् । 

     

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १५:५४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij