Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जिउँदो मानिसलाई इँट्टाभट्टमा जलाउने आलमलाई चोख्याउने न्यायाधीशविरुद्ध उजुरी

जिउँदो मानिसलाई इँट्टाभट्टमा जलाउने आलमलाई चोख्याउने न्यायाधीशविरुद्ध उजुरी


  • 2.8K
    Shares

    • images
    जिउँदो मानिसलाई इँट्टाभट्टमा जलाउने आलमलाई चोख्याउने न्यायाधीशविरुद्ध उजुरी

    रौतहट नरसंहारका आरोपित नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी परेको छ । 

    आफूलाई देशभक्त न्यायिक अभियन्ता भनाउने सिन्धुलीका युवराज पौडेल सफलले आज उजुरी दर्ता गराएका हुन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई तत्काल निलम्बन गर्न उजुरीपत्रमा माग गरिएको छ ।

    जिउँदो मानिसलाई इँट्टाभट्टमा जलाएको अभियोगमा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भइ जन्मकैदको सजाय पाएका आलमलाई अस्ति बुधबार न्यायाधीशद्वयले सफाइ दिएका थिए । कारागारमा कैद भुक्तान गरिरहेका आलम लगत्तै छुटे । 

    गम्भीर अपराधका कसुरदारलाई यसरी उन्मुक्ति दिँदा पीडितको न्याय प्राप्तिको मार्गमा अवरोध खडा भएको जिकिर गर्दै उजुरकर्ता सफलले न्यायाधीश थारु र महर्जनलाई निलम्बन गर्न र आवश्यक अनुसन्धान अघि बढाउन माग गरेका छन् । 

    ‘उल्लेखित न्यायाधीशको आदेशले पीडतहरुको न्यायिक बाटोमा अवरोध सिर्जना गर्दै झन् पीडित, साक्षी र प्रत्यक्षदर्शीको जिउज्यान समेत असुरक्षित भएको अवस्था छ’, उजुरीमा भनिएकाे छ, ‘हालसम्म गरेका न्याय सम्पादनको कार्या एंंव निजहरुले गरेका आदेशहरु परीक्षण गर्न, न्यायाधीशरुलाई तत्काल निलम्बन गर्न र न्याय परिषद् सचिवालय ऐन बमोजिम अन्य विभागीय कारवाही गर्न माग गर्दछु ।’

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १४:१७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij