Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

रुपन्देहीमा बैशाख १६ देखि २९ गतेसम्म लकडाउन

रुपन्देहीमा बैशाख १६ देखि २९ गतेसम्म लकडाउन


  • 6.4K
    Shares

    रुपन्देहीमा बैशाख १६ देखि २९ गतेसम्म लकडाउन

    बुटवल । कोरोना संक्रमण उच्च भएपछि रुपन्देहीमा १५ दिन निषेधाज्ञा लगाउन सिफारिस गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि सिफारिश गरेको हो । 
     
    बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए। यसको औपचारिक निर्णय भने बुधबार हुनेछ ।

    उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालेको उनले बताए । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ ।

    जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन् । त्यसै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १३:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij