Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार नारायणहिटी जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार नारायणहिटी जाँदै


  • 5.1K
    Shares

    • images
    पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार नारायणहिटी जाँदै

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता सपरिवार नारायणहिटी जाँदै छन् । दरबार हत्याकाण्डमा ज्यान गुमाउने दाजु-भाउजु वीरेन्द्र र ऐश्वर्यासहित शाही परिवारका सदस्यको सम्झानमा दिप प्रज्वलन गर्न उनी परिवारसहित त्यहाँ जान लागेका हुन् । 

    जेठ १९ गते साँझ ६ बजे नारायणहिटीको चतुव्र्यूह नारायण धाम परिसरमा ज्ञानेन्द्र परिवारले संयुक्त रूपमा मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

    गणतन्त्र स्थापनापछि सामान्य नागरिकको हैसियतमा रहेका ज्ञानेन्द्र आमा भेट्न बेलाबेला नारायणहिटी पुगिरहन्छन् । गणतन्त्र घोषणापछि उनले नारायणहिटी छोडे पनि आमा रत्न शाह भने त्यहाँस्थित महेन्द्र मन्जिलमा बस्दै आएकी छन् ।

    पछिल्लो पटक गत शनिबार ज्ञानेन्द्र नारायणहिटी गएका थिए । नाती हृदयन्द्रले हजुरआमा भेट्ने इच्छा गरेपछि पत्नी कोमललाई पनि साथमा लिएर त्यहाँ पुगेका उनले चतुर्व्यूह परिसरमा पूजाअर्चना गरेका थिए । बैशाख पहिलो साता पनि उनी पत्नीसहित नारायणटी गएका थिए ।

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १४:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij