२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राजसंस्था पुनर्स्थापना गर्न भन्दै हिजो बिहीबार देखि अनिश्चितकालिन आन्दोलन सुरु भएको छ ।
बिहीबार काठमाडौंको शान्तिबाटिकामा आन्दोलन गरेको राजावादीहरूले आज शुक्रबार माइतीघरमण्डलामा आन्दोलन गरेका छन् ।
अघिल्लो दिनको तुलनामा सहभागीको संख्या न्यून भए पनि माइतीघर चोकमा आन्दोलन भएकाले बबरमहल-वानेश्वर सडक खण्ड अस्तव्यस्त बन्न पुगेको छ । राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरूले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij