२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्।
आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका छन् ।
पौडेलले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैबाट सुरू गर्ने बताएका छन् । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च बढाइएको जानकारी दिएका छन ्भने राजस्व लक्ष्यको १७ प्रतिशत निर्धारण गरिएकोले जसरी पनि लक्ष्य हासिल गरिने दाबी गरेका छन् ।
अर्थमन्त्री पौडेलले सरकारले तीन करोडको मापदण्डलाई कार्यान्वयन गर्ने काम गरेको बताए । विकासका असीमित आकाङ्क्षा, सीमित स्रोत र बजेट पनि सीमित सीमामा बसेर ल्याउनुपर्ने भएकाले ३ करोडको मापदण्डलाई कार्यान्वयन गरी बजेट ल्याएको उनको भनाई थियो ।
उनले २५ करोड भन्दा बढीका आयोजना अनुगमन र प्रभावकारी आयोजनाको लागि राष्ट्रिय विकास बोर्डको प्रबन्ध गरिएको बताएका छन् । उनले अनुदानको लागतको अधिकतम सीमा निर्धारण गर्न बजेटले ५० प्रतिशतको सीमा निर्धारण गरेको पनि बताए ।
अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारले पनि सन्तुलित बजेट निर्माण गर्न सक्ने गरी सङ्घीय सरकारको बजेट आएको दाबी गरे । उनले वन क्षेत्रको जग्गा उपभोगका विषयलाई सहजीकरण भएको भन्दै वनको कारणले आयोजनाहरू अवरुद्ध हुने अवस्था नहुने गरी बजेटले व्यवस्था गरिएको बताए । उनले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउने गरी बजेट आएको दाबी समेत गरे ।
विदेशी लगानी प्रवर्द्धनको लागि नीतिगत सुधार गर्ने प्रयास गरिएको छ ।विदेशी लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा सरकारले लिएको छ । डिजिटल भुक्तानीमा लाग्ने १३ प्रतिशत कर खारेज गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij