२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । गृहमन्त्रीको राजीनामा र छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीहरुले अडान लिएका छन् ।
प्रतिनिधिसभाको विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सङ्घीय संसद् चल्न नदिने बताएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा प्रमुख सचेतकहरूले विपक्षी उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका छन्
बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले माग पूरा नहुँदासम्म सदन चल्न नदिने बताएको जानकारी दिएका छन् ।
‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक बसेको थियो भने मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राखेका छन् सम्बोधन गर्ने विषय सरकारको भयो,’ पाण्डेले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने धारणा राखेको बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने सदनको अवरोधको विषयमा औपचारिक कुराकानी नभएको बताएका छन् ।‘ सदनको अवरोधबारे अनौपचारिक विषयमा कुरा उठे पनि औपचारिक छलफल नभएको घिमिरेले बताएका छन् ।
२० गतेबाट सुचारु हुने बजेटमाथिको सैद्धान्तिक छलफलमा क्यालेन्डर बनाउने विषयमा प्रमुख सचेतकहरूको बैठक बोलाएको सभामुख घिमिरेले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij