२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ललितपुरको नखिपोटमा खाजा खान होटेलमा गएका युवकको शङ्कास्पद मृत्यु भएको छ । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर-५ घर भएका २३ वर्षीय टुकेस मगरको मृत्यु भएको छ ।
नखिपोटस्थित लोहाचोकमा बस्दै आएका मगर दिलबहादुर आलेको खाजा घरमा छिरेर टेबुलमा बसेका थिए । टेबलमा बसिरहेकै अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।
मगरको शव पाटन अस्पतालमा पोस्टमार्टम गरिँदै छ भने शङ्कास्पद तवरले मृत्यु भएको भन्दै प्रहरीले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।
पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने एसपी जोशीले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij