२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको कर खारेज गर्ने घोषणा गरेको छ । बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो कर हटाउने घोषणा गरेका छन् ।
गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले यस्तो कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेका थिए ।
एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायको खातामा रकम ट्रान्सफर गर्दा प्रति पटक १० रुपैयाँ शुल्क लिने गरेका छन् ।
सरकारले १३ प्रतिशत भ्याट लगाउँदा १.३० रुपैयाँ सहित ग्राहकले प्रति कारोबार ११ रुपैयाँ ३० पैसा तिर्नु छ ।
भ्याट खारेज भएसँगै अब १ रुपैयाँ ३० पैसा तिर्नुपर्ने छैन । सेवा प्रदायकले लिने १० रुपैयाँ मात्रै तिर्नुपर्ने पर्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij