Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार, एउटा टिपर डुब्यो

नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार, एउटा टिपर डुब्यो


  • 1.9K
    Shares

    नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार, एउटा टिपर डुब्यो

     काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो ।

    उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ १७ नम्बर गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो । सो टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो ।

    गिट्टी बालुवा बोक्न प्रयोग गरिएको एउटा टिपर भने नदीको बाँध फुटेको ठाउँमा डुबेको छ ।

    images
    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १०:०७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij