Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै

राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै


  • 1.8K
    Shares

    • images
    राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै

    काठमाडौं ।  राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । 

    यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । 

    राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ । 

    राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् । 

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - ०९:२७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij