Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समचार

राइड सेयरिङको विरोध जनाउँदै गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प

राइड सेयरिङको विरोध जनाउँदै गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प


  • 1.3K
    Shares

    • images
    राइड सेयरिङको विरोध जनाउँदै गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प

    काठमाडौं । यातायात व्यवसायीले राइड सेयरिङको विरोध जनाउँदै गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।

    गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धि नियमावलीको विरोध जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा व्यवसायीले यातायात सेवा ठप्प पारेका हुन् ।

    उनीहरूले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।

    जेठ १९ देखि देशभर यातायात सेवा ठप्प पार्ने महासंघको तयारी छ । यसअघि एक हप्ताभित्र माग पूरा नभए सेवा ठप्प पार्ने घोषणा गरेका थिए ।

    गण्डकी प्रदेश सरकारले वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेको थियो ।

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - ०७:१४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij